२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यहाँका बिद्यालयहरु सञ्चालनको बिषयमा संघीय सरकार र सोमवार भद्रपुरमा सम्पन्न डीसीसीएमसीको  निर्णय नै लागु हुने बताएकाछन् । अर्को बेग्लै निर्णय गर्नु नपर्ने उनको भनाई रहेको छ ।

देशभर भौतिक उपस्थितिमा हुने शिक्षण तथा सबै परिक्षा रोक्ने भनिसकेको अवस्थामा दमक खुला भन्ने हुन सक्दैन, ओलीले भने । दमकमा नीजि बिद्यालयहरुले नगरपालिकाले १५ गतेदेखि परिक्षा भनेको र बन्द नगर्न भनेको भन्दै बिद्यालय सञ्चालन गरेको पाईएको छ ।

बिद्यालय सञ्चालकहरुले परिक्षा हुने भन्दै अभिभावकहरुलाई फोन गर्दै बिद्यार्थी पठाउन पनि भनिरहेको पाईएको छ । हामीले विद्यालयको बिषयमा थप अर्को निर्णय गर्नुपर्छ भन्ने छैन र गर्नु पर्दैन, ओलीको प्रष्ट भनाई छ ।

शिक्षा उपसचिव आग्रह

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव दिनेश न्यौपानेले पनि दमक नगरपालिका बिद्यालय खोल्न तथा परिक्षा गराउन नगरपालिकाले नभनेको स्पष्ट पारेकाछन् । सरकारको निर्णय आइसकेपछि त्यो निर्णय सबैले पालना गर्नु पर्छ, उनले भने ।

जोखिम बढेका कारण देशभर सबै शैक्षिक संस्था र परिक्षा रोकिएको अवस्थामा दमकमा चाँहि परिक्षा गर्ने तथा बिद्यालयमा बिद्यार्थी बोलाउने भन्ने हुदैन, उनले स्पष्टसंग भनेकाछन् ।

दमकका कतिपय बिद्यालयका सञ्चालक तथा आफुलाई शिक्षा क्षेत्रको अगुवा बताउनेहरुले नगरपालिकाको परिपत्र अनुसार परिक्षा हुने र फेसबुकमा आएको हावाको भरमा परिक्षा नरोकिने भन्दै भ्रम छर्ने काम गरेको पाईएको छ ।