२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा तत्काल लकडाउन तथा निषेधाज्ञा भन्दा पनि सुरक्षा शर्तकता अपनाएर अघि बढ्नु नै उत्तम हुने बताएकाछन् । कतिपयले लकडाउन गर्न पनि सुझाव दिइरहेको अवस्थामा अध्यक्ष श्रेष्ठले यस्तो बताएकाहुन् ।

उनले लकडाउनले ब्यापारी मात्र नभएर सर्वसाधरणसमेत पीडित बन्न सक्ने जनाए । लकडाउन तथा निषेधाज्ञाभन्दा पहिला अन्य उपायहरु अवलम्बन गर्दा राम्रो हुने उनको भनाई रहेको छ ।

दमक नगरपालिकामा भएको छलफलमा पनि अधिकाँशले सुरक्षा शर्तकता अपनाउने र सचेतना अभिबृद्धिमा नै जोड दिएका थिए । बाणिज्य संघले कोभिड उपचार केन्द्रलाई शुचारु गर्ने लगायतका बिषयमा ध्यानकर्षण गराएका थियो ।

लक डाउन र निषेधाज्ञा पुर्ब सबै बिकल्प लागू गरौं । ब्यबसाय संचालन र सामन ढुवानी, कामदार, उधमीको आवगमन बाधा नहोस। साना उद्योगी, ब्यबसायीका कारुणिक पीडा सबैले बुझ्नु पर्छ, श्रेष्ठ भन्छन् ।