२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा बन्ने मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि टेण्टर खुलेको छ । दमक ३ को हम्सेदुम्से जंगलको केहि भागमा रंगशाला बनाउने सरकारले निर्णय गरे अनुसार यसको काम अघि बढेको हो । रंगशाला निर्माणाधिन मदन भण्डारी राजमार्गसंगै नै जोडिन्छ ।

यसको विस्तृत परियोजना विवरण अनुसार ५ अरवभन्दा बढि लगानी हुनेछ भने यो ५ बर्षभित्रमा निर्माण पुरा भएर चालु हुने अवस्थामा पुग्नेछ । यसभन्दा अघि झापाकै कमल गाँउपालिकास्थित पाडाजुंगीमा अन्तराष्ट्रिय स्तरको खेलमैदान बन्ने भनिएपनि त्यो भन्दा छिटो यता बन्न लागेको पाईएको छ ।

नेपाल खेलकुद परिषदले निर्माणको लागि टेण्डर निकालेको हो । सरकारले निर्माणका लागि बजेट शुनिश्चित गरेको र बहुबर्षिय योजना अन्र्तगत यहि बर्षदेखि काम शुरु गरिने गरी प्रक्रिया अघि बढेको जनाईन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा यहाँ रंगशाला आउन लागेको हो ।

नेपाल सरकारले दमकमा मदन भण्डारी रंगशाला निर्माण गर्न २७ हेक्टर राष्ट्रिय वन क्षेत्र मदन भण्डारी रंगशाला निर्माण आयोजनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठक बन क्षेत्र प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेपछि रंगशालाको काम अघि बढेको हो ।

्प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव एवं नेकपा एमाले १ नम्बर प्रदेश सम्पर्क मञ्चका अध्यक्ष  ईन्द्र भण्डारीका अनुसार यो पुर्वी नेपालका लागि नै गौरवको बिषय हुनेछ । खेलक्षेत्रको मात्र विकासका लागि नभइ समग्र विकासका लागि पनि खेलकुद क्षेत्रको महत्व रहने उनको भनाई छ । उनले राखेपको सूचना र रंगशालाको डिपिआर सामाजिक सञ्जाल फेसबुकमा हालेकाछन् ।