सजग बनौ-दमकमा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुग्यो
दमक/ झापाको दमकमा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुगेको छ । कार्यकारी अधिकृत गणेश तिम्सिनाले विराटनगरमा जाँच गराएको र उहि गणना भएकाले यहाँ नगरिएको पनि जनाईएको ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार आज विहिबार दमकमा थप ५ जना सक्रिय संक्रमित थपिएकाछन् । यो दोश्रो चरणमा देखिएको कोरोना संक्रमितको संख्या हो ।
वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटामा पनि कोरोना संक्रमण भेटिएको छ । उनलाई उपचारका लागि विराटनगर लगिएको छ । अवस्था सामान्य रहेको पनि बताईएको छ ।
