२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा दमक उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय दमकले दमकको माक्स खोई ? अभियान चलाएकाछन् । माक्स नलगाएकाहरुलाई माक्स वितरण सहितको सचेतना अभियान शुरु गरेकाहुन् । माक्स प्रयोगलाई बढ्वा दिनका लागि यो अभियान चलाईएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले माक्स प्रयोग गर्नका लागि सबैलाई सचेत बनाउन प्रचार प्रसारदेखि लिएर प्रहरी आफै सडक तथा सार्वजनिक स्थलमा गएर माक्स वितरण गर्ने कार्य पनि जारी राखेको छ ।

केहि दिनयता झापामा माक्स खोई ? अभियान नै चलिरहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना आफै पनि माक्स वितरणमा निस्केकाछन् । माक्स प्रयोगले आफु पनि कोरोना संक्रमणबाट बच्ने र अरुलाई पनि बचाउन सहयोग पुग्ने जनाईदै आएको छ ।

कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ। चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ।

विश्व स्वास्थ्य संगठनले मास्कलाई कोरोना भाइरसको नियन्त्रणको अभिन्न अङ्ग मानेको छ। अमेरिकाको वासिङ्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले के जनाउँछ भने यदि ९५ प्रतिशित अमेरिकी जनताले सामाजिक तथा भीडभाड हुने ठाउँमा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ ।

डा. सुनिल सापकोटाका अनुसार 

• मास्क लगाउनुभन्दा पहिला तथा मुखबाट निकालिसकेपछि साबुनपानी अथवा सेनिटाइजरले राम्रोसँग हात सफा गर्ने।
• मास्कलाई मुख र नाक छोप्ने गरी लगाउने।
• मास्कलाई चिउँडोमा सारेर नलगाउने।
• मास्क लगाइसकेपछि हातले नछुने यदि कुनै कारणवस छुनुपर्‍यो भने हातलाई साबुनपानी अथवा सेनिटाइजरले राम्रोसँग सफा गर्ने र त्यसपछि मात्र छुने।
• यदि मास्क फोहोर भयो भने, पुनः प्रयोग गर्न मिल्ने मास्कलाई सफा गरेर प्रयोग गर्ने अन्यथा नयाँ प्रयोग गर्ने।
• पुनः प्रयोग गर्न मिल्ने मास्क साबुनपानीले राम्रोसँग सफा गरी घाममा सुकाएर प्रयोग गर्ने।
• खाना खानुअघि अथवा पानी पिउनु अगाडि मास्कलाई पूरै निकाल्ने तर तल चिउँडोतर्फ नतान्ने।
• श्वासप्रश्वासमा गाह्रो हुने तथा अर्धचेतन अवस्थामा भएका व्यक्तिहरुले मास्कको प्रयोग नगर्ने।
• दुई वर्षभन्दा कम उमेरका बच्चा-बच्चीलाई मास्क प्रयोग नगराउने।