दमक सहित झापा भर मध्यरातीदेखि निषेधाज्ञा, पसल विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने
दमक/ झापामा कोरोना भाइरस सक्रमण तिब्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले दमक सहित झापा जिललभर निषेधाज्ञा जारी गरेको छ । औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेकका अन्य पसल विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
डिपार्टमेन्टहरु ६ देखि ११ बजेसम्म मात्रै खुला गर्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ। आइतवार बैशाख १९ गते राती १२ बजेदखि २६ गतेसम्मलाई निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
झापा कोरोना संक्रमणको संवेदनशील जिल्लामा परेपछि निषेधाज्ञा लागु गरिएको र यो पालना गर्न उनको आग्रह रहेको छ।सवारी साधनमा पनि जोर विजोर लागु हुने भएको छ । तिम्सिनाकाअनुसार जोर बारका दिन जोर नम्बर र विजोर बारका दिन विजोर नम्बरका सवारी मात्र चलाउन पाइने छ ।
