दमकमा निषेधाज्ञा बिगतभन्दा केहि प्रभावकारी, अटेरी पन भने कायमै
दमक/ झापाको दमकमा जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको आंशिक निषेधाज्ञाको पुर्ण पालना नभएपनि बिगतको लकडाउन भन्दा केहि बढि नै पालना भएको देखिएको छ । बिगतमा लकडाउनको समयमा पनि ब्यापार ब्यवसाय खोलेकाहरुले यो पटक भने बन्द गर्न थालेकाछन् ।
दमकको प्रमुखब बजार क्षेत्र, नमुना मार्ग क्षेत्र, दमककोश शब्जि बजार स्थल तथा आसपास सुनसान झै नै देखिएको छ । यद्यपी लुकिछिपी पसल ब्यवसाय गर्ने क्रम भने रोकिएको छैन ।

