साँझ परेपछि दमकमा निषेधाज्ञा हो की होइन जस्तै अवस्था !
दमक/ आंशिक रुपमा जारी भएको निषेधाज्ञा दमकमा साँझ परेपछि धेरैले अवज्ञा गर्दै पसल खोल्ने तथा समुहमा हिडडुल गर्ने गरेको देखिएको छ । मंगलवार साँझ परेपछि दिउसो बन्द रहेका पसलहरु पनि खुलेको देखिन्थ्यो । दमकको शब्जि बजार पनि साँझ परेपछि भिडभाड नै रहेको थियो । दिउसो १२ बजे बन्द गरेका ब्यापारीहरुले साँझपरेपछि पसल खुलेका थिए ।
