दमकमा निषेधाज्ञामा पनि परिक्षा ! कहाँ छ सरकार ?
विष्णुप्रसाद पोखरेल
मैले जे देखेँ त्यहि लेखे
दमक/ कोरोना संक्रमणले सबै क्षेत्र अस्तब्यस्त रहेको छ । यसमा शैक्षिक क्षेत्र पनि निक्कै अप्ठेरोमा परेको छ । विशेष गरेर संस्थागत बिद्यालयहरु समस्यामाछन् । केहि सिमित बिद्यालयहरु बाहेकको अवस्था त्यति धेरै राम्रो देखिदैन ।
अघिल्लो बर्ष कोरोनाले थला परेका बिद्यालयहरु पछिल्लो समयमा सञ्चालनमा आएपछि केहि राहत पाएका थिए । तर फेरी कोरोना बल्झदा यसको असर शुरु भएको छ । परिक्षाको तयारी गरिरहदा कोरोना संक्रमणको जोखिम बढेसंगै सरकारले बिद्यालयको पठनपाठन बन्द गराउने निर्णय गर्यो ।
दमक सहित कतिपय ठाँउमा अभिभावकलाई प्रश्नपत्र दिएर परिक्षा गराउने तयारी भएको छ । यो एउटा उपाय राम्रो पनि हो । तर कोरोना संक्रमणको यो भयभाह अवस्था र हरेक मानिसलाई बिना काम घर बाहिर ननिस्कन भन्दै प्रशासनले निषेधाज्ञा लगाएको अवस्थामा परिक्षा गरिनु राम्रो होइन । अभिभावक पनि कोरोनाको जोखिममाछन् र रहन्छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारभन्दा माथि पक्कै नीजि बिद्यालय नहुनु पर्ने हो । यसर्थ तीन तहको सरकारको निर्णय पालना गर्नु सबैको दायित्व हो ।
पक्कै पनि बिद्यालय सञ्चालकहरुलाई एउटा पीर भएको हुनपर्छ र हो पनि । परिक्षा नहुँदा शुल्क अभिभावकले नबुझाउने । पछि अर्को बिद्यालयमा बिद्यार्थी लगेपछि शुल्क नउठ्ने । अभिभावकले पनि पढाएको शुल्क तिर्नु पर्छ । आफ्ना बालबालिकाहरुले पढेको समय तथा महिनाको शुल्क तिर्नु न्यायोचित नै हुन्छ भन्ने लाग्छ । वातवरण सहज भएपछि शुल्क बुझाउन अटेर गर्नु हुन्न ।
मानव स्वास्थ्य भन्दा ठुलो अरु हुदैन । यसर्थ अभिभावक र विद्यार्थीको स्वास्थ्यमा ख्याल गर्दै प्याप्सनको निर्णय अनुसार अप्रत्यक्ष विधि अपनाएर परिक्षा गर्ने जुन कार्य हुन लागेको छ यस बिषयमा प्याप्सनले सोच्नु पर्दछ । निषेधाज्ञामा अभिभावकलाई बिद्यालयमा बोलाउने कार्य रोकिनु पर्दछ ।
अहिले पछिल्लो समयमा बालबालिकामा अधिकमात्रामा कोरोना संक्रमण देखिएको छ । अहिले सक्रमण दर धेरै बढेको छ । यस्तो अवस्थामा परिक्षा गर्दा एकबाट अर्कामा कोरोना संक्रमणदर झन् बढ्ने खतरा हुन्छ । यस बिषयमा संवेदनशिल हुन आवश्यक छ ।
