कोरोना संक्रमणबाट दमककी ३१ बर्षिया एक सुत्केरी महिलाको मृत्यु
दमक/ झापाको दमकमा फेरी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमककी ३१ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । उनी सुत्केरी रहेकी थिइन । कोभिड अस्पताल विराटनगरमा उपचारत रहेको अवस्थामा आज उनको मृत्यु भएको हो ।
हिजो पनि एकजनाको मृत्यु भएको थियो । पछिल्लो समयमा दमकमा कोरोना संक्रमणदर बढ्दै गएको छ । हिजोमात्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको थियो ।
