प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ
बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका एक दर्जन व्यक्तिमा कोरोना भाइरस परीक्षण गर्दा उहाँको रिपार्ट नेगेटिभ आएको हो ।
संघीय संसदका २६ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये २६ सांसदसहित १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
