२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

शिवसताक्षी । झापा शिवसताक्षीमा होम आइसोलेसनमा बसेका एक जना ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढका कोरोना संक्रमितको शनिबार साँझ मृत्यु भएको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए ।

उनका अनुसार तीन दिन अघि कोरोना संक्रिमत पुरुषलाई स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घरमा ल्याइएको थियो । शनिबार दिउँसो सम्म स्वास्थ्यमा सुधार भएको भनिएपनि साँझ अचानक मृत्यु भएको बताइएको छ । उनी चिल्लागढ निवासी रिजाल थरका व्यक्ति हुन् ।-साझामञ्च