२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा पुर्ण रुपमा निषेधाज्ञा कार्यन्वयनमा सकस भएको देखिएको छ । बिगतमा लकडाउन पनि जिल्लाभरमा दमकमा कमजोर देखिने गथ्र्यो । अहिले विहान १० बजेपछि पसल तथा व्यापार ब्यवसाय बन्द भएपनि साँझ पर्न साथ मानिसहरुको आवतजावत सहित पसलहरु खुल्ने गरेको पाईएको छ । यसले जोखिम बढाउने देखिन्छ ।

प्रहरीले अगाडि आएर साइरन बजाउदा बन्द गरेजस्तो गर्ने र फेरी खोल्ने प्रवृती ब्यापारीमा देखिएको छ । निषेधाज्ञामा पनि मानिसहरु हिडडुल गर्ने तथा मोटरसाइकल तथा साईकलमा निस्कने गरेको पनि पाईन्छ ।