२०८१ बैशाख १९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ५ जनाको मृत्यू भएको छ ।

आज दमक ३५, विर्तामोड १९, १५, गौरादह ३, मेचीनगर १३, भद्रपुर ६४, हल्दिवारी २, अर्जुनधारा १, बुद्धशान्ति ४कचनकवल ७, कमल ५, झापा १ र अन्यका १ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै झापामा संक्रमितको संख्या ६३ सय ८५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ सय १३ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, आज मृत्यू हुनेहरुमा अर्जुनधारा –९ का ४३ वर्षीय पुरुष, शिवसताक्षी –१० का ८५ वर्षीय पुरुष, मेचीनगर–६ का ६० वर्षीय पुरुष, विर्तामोड –६ का ५० वर्षीया महिला र गौरादह –४ का ६८ वर्षीय पुरुष रहेका छन् । मृत्यू हुनेहरुको संख्या झापामा १५५ पुगेको छ ।