झापामा कोरोना संक्रमणदर र मृत्युदर बढ्दै, कडा निषेधाज्ञा आवश्यक-सोम पोर्तेल
दमक/ झापामा कोरोना संक्रमणदर र मृत्युदर बढ्दै गएपछि कोरोना रोकथामका लागि थप शशक्त भएर लाग्नु पर्ने अवस्था सिर्जना भएको बताईएको छ । जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलले जिल्लाभर कोरोना संक्रमण रोकथामका लागि थप शशक्त रुपमा काम गर्ने भनेर छलफल चलिरहेको जनाएकाछन् ।
आज भएको सरोकारवाला तथा पत्रकारहरुसंग भएको छलफलमा पोर्तेलले कोरोना संक्रमण तथा यस बिषयमा एकीकृत सूचना प्रणाली विकास गर्न तर्फ लागेको जनाएकाछन् । यसले गर्दा बाहिर अफवाह नआउने जनाईएको छ ।
उनले अब कडा निषेधाज्ञाको समेत आवश्यकता औल्याउदै यस बिषयमा छलफल हुने जनाएकाछन् । अहिले निषेधाज्ञा पालना नभएको देखिएको जनाउदै यस बिषयलाई गम्भिरतापुर्वक लिएर अब अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।
