२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमणदर उच्च भएपछि एकसाता पुर्ण लकडाउन गर्ने निर्णय भएको छ । अब खाद्य, तरकारी तथा हार्डवेयर पसलहरु पनि पुर्ण रुपमा बन्द रहनेछन् । निषेधाज्ञा अवज्ञा हुँदा दमकमा जोखिम बढ्दै गएको थियो । जेठ १ गतेदेखि लागु हुने गरी पुर्ण लकडाउनको निर्णय भएको बताईन्छ ।

आज दमक नगरपालिकामा भएको सरोकारवालाहरुको छलफलले कम्तिमा एकसाता पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार यो कडाईका साथ पालना गर्न गराउन भनिएको छ । । उनका अनुसार खाद्य सामाग्रि पसल, तरकारी, हार्डवेयर लगायत सबै प्रकारका पसल एवं ब्यवसाय बन्द राख्ने निर्णय भएको हो ।

बित्तिय संस्थाहरु पनि हप्तामा दूईदिनमात्र खोल्न पाउनेछन् । अत्यआवश्यकीय तोकिए बाहेकका कुनै पनि प्रकारका सवारी साधनहरु पनि चल्न नपाउने गरी निर्णय गरिएको ओलीले जनाए । दमकमा बिगतका लकडाउन तथा अहिलेको निषेधाज्ञा खुकुलो रहेको थियो ।

अण्डा र दूधका लागि भने विहान २ घण्टा खुला राख्न पाउनेछन् । त्यसमा पनि सावधानी अपनाउनु पर्नेछ । छलफलमा सहभागिहरुले दमकको अवस्था बिग्रदै गएको भन्दै पुर्ण लकडाउनको विकल्प नरहेको सुझाव दिएका थिए ।