डेनमार्कको राजदूतमा दमककी महिला नेतृ सुमित्रा भण्डारी
दमक/ झापा दमककी महिला नेतृ सुमित्रा भण्डारी डेनमार्कका लागि राजदूतमा नियुक्त भएकीछन् । मन्त्रि परिषद बैठकले उनलाई राजदूत बनाउने निर्णय गरेको हो । नेकपा एमालेमा रहेर उनले लामो समयदेखि राजनीति गर्दै आएकी थिईन । झापा दमक ५ निवासी महिला नेत्री नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य रहेकीछन् ।
डेनमार्क उत्तर यूरोपको एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन। डेनमार्कमा थुप्रै टापु छन , तर कुनै पहाड छैन। डेनमार्क एउटा राजतन्त्र भएको देश हो र त्यसको राजधानी कोपनहेगन हो।
डेनमार्क उत्तरी युरोपमा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज्य (ग्रीनलैंड र फरो टापुलाई मिलाएर) का वरिष्ठ सदस्य हो। यो नर्डिक देशहरूको सुदूर दक्षिण भागमा स्थित छ। मुख्य भूमिको दक्षिणी भाग जर्मनीसग जोडीएको छ। डेनमार्क स्विडेनको दक्षिण पश्चिम र नर्वेको दक्षिणमा स्थित छ।
डेनमार्कको सीमाना बाल्टिक और उत्तरी सागरसग जोडिन्छ। यो देश एक ठूलो प्रायद्वीप हो, जसमा जूटलैंड र अरु टापुहरू, त्यसमध्ये विशेष गरेर जीलैंड (Sjælland), फुनेन, वैंड्यसेसल-यू, लाललैंड, फाल्सटर, और बोर्नहोल्स लगायत अरु साना टापु डैनिश द्वीपसमूहको हिस्सा हो। स्केनडेन्विया डेनमार्कमा २००७मा ४.७ मिलियन पर्यटक गए, जुन स्विडेन पछिको दोस्रो हो। डेनमार्कमा सरकार संवैधानिक राजतंत्रसँग संबद्ध एक एउटा संसदीय प्रणालीबाट चुनिन्छ। डेनमार्क १९७३ पछि नै यूरोपीय संघको सदस्य बनेको छ। यसको साथ साथै डेनमार्क नेटो र ओईसीडीको संस्थापक सदस्य हो। यो देश २००८ वैश्विक शांति सूचकांक सर्वेक्षणमा आइसलैंड पाछि विश्वको दोस्रो शांतिपूर्ण देश र संसारको सबै भन्दा कम भ्रष्ट देशमा शामिल छ।
