पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारीस
दमक/ पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारीस भएकाछन् । पुराना झापाली बामपन्थी नेता कार्कीलाई हिजो बसेको मन्त्रि परिषद बैठकले राजदूतमा सिफारीस गरेको हो । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको हो ।
दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस भएको जनाईएको छ । डेनमार्कको राजदूतमा झापाली महिला नेतृ सुमित्रा भण्डारी सिफारीस भएकीछन् ।
