दमक नगरपालिकालाई कोभिडको समय भरी खाद्यान्न तथा औषधि ,सर्जिकल समान बोक्न मेरो गाडि दिन चाहान्छु-दयासागर आचार्य
दमक/ दमकका युवा ब्यवसायी एवं सामाजिक क्षेत्रमा क्रियाशिल दयासागर आचार्यले कोभिडको यो महामारीको समयमा नगरपालिकालाई आफ्नो चारचक्के सवारी साधन दिन तयार रहेको बताएकाछन् ।
खाद्यन्न, औषधि, सर्जिकलका सामाग्रि बोक्नका लागि गाडि आवश्यक भएमा आफु दिन तयार रहेको सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकाछन् । उनले कोराना महामारी रोक्न तथा विरामीलाई सेवा दिनका लागि नगरपालिकाले जुनसुकै प्रयोजनमा प्रयोग गरेपनि उनले हुने पनि भनेकाछन् ।
आचार्य लायन्स क्लव अफ लखनपुर दमकमा आवद्धछन् । उनले कोभिड नियण्त्रण नभएसम्मका लागि सवारी साधन उपलब्ध गराउने भनेकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्- दमक न•पा• लाई कोभिडको समय भरी खाद्यान्न तथा औषधि ,सर्जिकल समान बोक्न मेरो गाडि दिन चाहान्छु। सम्पर्कमा: 9852670781. 9852670039/9852683550
