दमक सहित झापामा फेरी बढ्यो कोरोना संक्रमण, दमकमा एकैदिन ७० जना कोरोना संक्रमित थपिए
दमक/ झापामा कोरोना संक्रमण फेरी बढेको छ । केही दिन घटदो दरमा संक्रमण देखिदै आएपनि आज सार्वजनिक भएको विवरणमा धेरै नै बढेको पाईएको छ । पछिल्लो चौबीस घण्टामा झापामा ३५७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
१४९ महिला र २०८ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । दमकमा ३५ महिलासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै संक्रमण उच्च हो ।
दमकमा लकडाउन तथा निषेधाज्ञा रहेको छ । दिउसो निषेधाज्ञा पुर्ण पालना भएपनि बेलुका भने निषेधाज्ञाको अवज्ञा गरेको पाईन्छ । कोरोना संक्रमणको चेनब्रेकका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाको पुर्ण पालना जरुरी छ ।
