दमकमा ८९ जनाले जिते कोरोना, ९ जनाको मृत्यु
दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका बिरामीको संख्या ६ सय ११ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ३४३ पुरुष र २६८ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये संक्रमितको संख्या ५१६ रहेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जनाए। यसमा २८९ पुरुष र २२७ महिला रहेका छन ।
उनकाअनुसार दमकमा अहिले सम्म ८९ जना कोरोना संक्रमण मुक्त भएकाछन् । ५२ पुरुष र ३७ महिलाले कोरोना जितेकाहुन् । चैत्र २५ देखि दोश्रो चरणको नयाँ भेरियन्टसहितको संक्रमणको रेकर्ड नगरपालिकाले राख्न शुरु गरेको थियो ।
यो अवधिमा दमकमा ९ जनाले ज्यान गुमाएकाछन् । नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ज्यान बिताउनेको सख्या मंगलवार विहानसम्ममा ९ पुगेको हो ।
