दमकमा कोरोना संक्रमणबाट आमाछोरीको नै मृत्यु
दमक/ झापाको दमकमा फेरी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको । यो संगै आज विहान कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा दमक ८ की ६२ बर्षिय महिलाको आज विहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक बद्रि बरालले जानकारी दिएकीछन् ।
केहि दिन अघि उनकी आमाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । दमकमा एकै परिवारका दूई जनाको कोरोना संक्रमणबाट निधन भएको यो पहिलो घटना हो । आमा ८४ बर्षिया रहेकी थिइन् ।
आज विहानै लाइफलाइन अस्पतालमा दमक ५ स्थित हरीऊँ कोलनी क्षेत्रमा बस्ने ३५ बर्षिया महिलाको पनि मृत्यु भएको थियो । यो संगै दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
