२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा नगरपालिकाले गरेको लकडाउन र जिल्लाभर जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पालना बिगतभन्दा राम्रो छ । लुकिछिपी बाहेक पसल तथा ब्यवसाय खुला भएको छैन । विहान पख र साँझमा मानिसहरुको आवतजावत भएपनि दिनभर भने दमकका मुख्य चोक, बजार तथा प्रमुख ब्यवसायीक केन्द्रहरु भने सुनसान नै रहेको पाईएको छ ।

इलाका प्रहरी कार्यालय दमक, दमक नगर प्रहरी, दमक नगरपालिकाका जनप्रतिनिधि लगायतले बजार क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति जनाएकाछन् । यसले गर्दा लकडाउनको पालना गर्ने क्रम बिगतभन्दा राम्रो देखिएको छ ।