२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

वीरगञ्ज, जेठ ६

वीरगन्ज महानगरपालिकाको उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोभिड–१९ संक्रमण जित्नुभएको छ । उहाँले हिजै कोभिड–१९ को संक्रमण जितेर घर फर्किनुभएको हो । अस्पतालबाट डिस्जार्ज भएपछि मेयर विजयकुमार सरावगीले स्वागत गर्नुभएको थियो ।

९१ वर्षीया उपमेयर कार्कीले आत्मबल र आत्मविश्वासले कोभिड परास्त गरेको भन्दै सबै संक्रमितलाई हौसला कायम राख्न आग्रह गर्नुभएको छ ।