दमकमा २८ बर्षिय कोरोना संक्रमित युवाको निधन
दमक/ दमक झापाको दमकमा आज कोरोना संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आफुलाई शंका लागेर तथा बिभिन्न अस्पतालहरुले गरेको एन्जिेन परिक्षणको क्रममा यो पुष्टि भएको बताईएको छ ।
आज दमकका एक २८ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ९ का ति युवकको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । उनि सहित आज झापामा कोरोना संक्रमण भएका ६ जनाको मृत्यु भएको बताईएको छ ।
