दमकमा एकैदिन ५० सहित २९४ जना कोरोना संक्रमणमुक्त
दमक/ दमकमा कोरोना संक्रमित निको हुने दर बढ्दो अवस्थामा रहेको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज एकैदिन ५० जना कोरोना संक्रमण मुक्त भएका छन । कोरोनाको दोश्रो भेरियन्ट दमकमा बढ्दो अवस्थामा रहेको यो समय यो खुसिको खबर रहेको जनाईएको छ । दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट २९४ मुक्त भएकाछन।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन्। देशभर गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।
