दमक कोभिड उपचार केन्द्रमा निशुल्क उपचार ! ३३ जना निको भएर घर फर्के, २७ जना बिरामी उपचाररत
दमक/ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सामान्य स्वास्थ्यमा समस्या आएको अवस्थामा नै जाँच गराउन अनुरोध गरेकीछन् । उनले कोभिडको लक्षण देखापर्न साथ अस्पताल आउन तथा चिकित्सकसंग परामर्श गर्न अनुरोध गरेकीहुन् । दमकको कोभिड उपचार केन्द्रमा निक्कै अप्ठेरो अवस्थामा आउने गरेको पाएको बताउदै समयमा नै सचेत हुँदा ठुलो समस्या नहुने उनको भनाई छ ।
यहाँ कोभिड उपचार केन्द्रमा निशुल्क विरामीले सेवा पाइरहेको पनि उनले बताएकीछन् । दमक अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रेकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा उनले अस्पतालमा भइरहेको उपचार सहित नगरबासीलाई यस्तो अनुरोध पनि गरेकीछन्-
सचेत बनाैं !! सुरक्षित रहाैं !!
दमक नगरपालिकाबाट संचालित दमक अस्पताल काेराेना उपचार केन्द्रमा आज सम्म ७४ जना भर्ना हुनुभएकाेमा ३३ जना निकाे भएर घर फर्किसक्नु भएकाे छ ! यहाँ निशुल्क उपचार हुने गर्दछ !!
आज २७ जना बिरामी उपचाररत हुनुहुन्छ ! दैनिक हाेम आईसाेलेसनमा रहनु हुने बिरामीहरु मध्ये १७७ जना ओ.पि.डि.मा यस अस्पतालबाट उपचार पाईसक्नु भएकाे छ !! पि.सि.आरकाे रिपोर्ट अनुसार ९०१ संकमित संख्या !! जस्मध्ये २९४ निकाे भईसक्नु भएकाे छ ! ५९३ जना सकृय संक्रमित हुनुहुन्छ ! यतिहुँदाहुदैपनि चिकित्सककाे भनाइ अनुसार बिरामी सिकिस्त भएपछि मात्र अस्पताल जानुहुने हुनाले उपचारमा जटिलता हुँदै गएकाे हाे !!
सबैभन्दा उत्तम सुरक्षित रहाैँ !! ज्वराे वा रुघाखोकी लागेमा शुरुमै चिकित्सककाे सम्पर्कमा गई स्वास्थकाे जाँच गराैँ !! हाेम आईसाेलेसन बसेकै छु भनेर ढुक्क नहुनुहाेस !! हाेम आईसाेलेसन संगै अस्पतालमा चिकित्सककाे सल्लाह अनुसार मात्र घर बस्ने वा अस्पताल भर्ना हुने थाहा हुन्छ !! राेग लाग्न नदिउँ !! लागीहालेमा पनि शुरुमै सतर्क हओैं !!
आफू पनि बाचाैं र अरुलाई पनि बचाउ !!
