२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक / दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कोभिड विरुद्ध अनवरत रुपमा खटिएका चिकित्सक तथा अस्पतालहरुलाई स्यालुट दिएकाछन् । उनले सोमबार राती सामाजिक सञ्जाल फेसबुकमा दमकका कोभिडका विरामी उपचार गरिरहेका अस्पतालहरु तथा यहाँ कार्यरत चिकित्सकहरुलाई स्यालुट दिएकाहुन् ।

उनले सामाजिक संघसंस्थाहरुके कार्यको प्रशंशा गर्दै धन्यवाद पनि दिएकाछन् । दमक नयाँ भेरियन्टको कोरोनाको उच्च जोखिममा रहेको उल्लेख गर्दै कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाइफलाईन अस्पताल र एडभान्स अस्पतालले दमकमा कोभिडका विरामीको उपचार गरिरहेको भन्दै यसप्रति आभार प्रकट गर्दै स्यालुट भनेकाछन् ।