२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

प्रभावकारी न्यूज डेक्स

दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा कोहि पनि परिवार कहि कतै जग्गा नभएको र अति विपन्न वास्तविक सुकुम्बासी भएको भए घर दिन तयार रहेको बताएकाछन् । हिजो शक्ति र पहुँचको भरमा विघौ सरकारी जग्गा आफ्नो बनाएर विक्री गर्नेहरु सुकुम्बासीको हिमायती बनेको भन्दै ओलीले घटनाको वास्तविकता बुझ्न आग्रह पनि गरेकाछन् ।

आफ्नो सम्पती लुकाएर सुकुम्बासी हुँ भन्दै हिड्नेलाई साथ दिन नसकिने भन्दै ओलीले वास्तविक कहि कतै जग्गा जमिन नभएको र गरिखाने थातथलो नभएको कोहि परिवार भए ल्याउन भन्दै उनिहरुको ब्यवस्थापन गर्ने ओलीले जनाएकाछन् । दमक वडा नं. ७ मा १५ वटा ३ काठे पक्की भवन निर्माण गरिएको र त्यहाँ त्यस्ता विपन्न परिवारलाई व्यवस्थापनको तयारी रहेको पनि उनले जनाएकाछन्।

दमकको वडा नं. ७ मा दमक नगरपालिकाको स्वामित्वमा रहेको जग्गा सर्वपक्षिय र सर्वदलिय सहमतिको आधारमा खालि गराएपछि यस बिषयमा टिकाटिप्पणी हुँदै आएको छ । यहाँको जग्गा खालि गराएर यहाँ रहेका वास्तविक सुकुम्बासीहरुलाई ब्यवस्थापन गरिने एक दशक अघि देखिको प्रयास थियो । दमकको वडा नं. १ मा १५ वटा ४ कोठे पक्की घर वनाएर २३ परिवारलाई व्यस्थापन गरिएको पनि ओलीले जानकारी दिएकाछन् ।

नगरपालिकाले सुकुम्बासी र विपन्नको लागि काम गर्दै आएको भन्दै त्यो आएर हेर्न पनि अनुरोध गरेकाछन् । दमक नगर पालिकाले वाड नं ३ का ३३ विपन्न परिवारलाइ निजहरुले भोगेको जमिनमा पाँच लाख खर्च गरेर घर वनाई दिएको जनाएकाछन् ।

यसैगरी दमभर ३०० विपन्न परिवारलाई टिनको छाना लागाइ सकिएको ओलीले बताए । बारम्बार भनिरहेका छौ वास्तविक सुकुम्बासीहरु कोहि भए उनिहरुलाई ब्यवस्थापन गर्छौ, ओलीले भने । घर दिन सकेनौ भने त्यस्ता परिवारको खानेबस्ने ब्यवस्था नगरपालिकाले गर्छ, उनले भने ।