२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य दीपक कार्कीले मुलक नयाँ राजनीतिक ढंगले अघि बढेको बताएकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सान्दर्भिक रहेको जनाउदै यसलाई स्थापित गराउन जुटनु पर्नेमा जोड दिनु भएको छ ।

प्रेस चौतारी झापाले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै कार्कीले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको काम धेरै भएपनि त्यो बाहिर आउन नसकेको जनाएकाछन् । बाहिर केहि नै नभएकोजस्तो समचार आउने क्रम रहेको पाईएको छ र यस्तो अवस्था छैन, उनले भने ।

कार्कीले राष्ट्रिय गौरवका योजनाहरु तिब्र रुपमा कार्यन्वयन भएको र विकास भएका कुराहरुलाई ब्यापक रुपमा बाहिर ल्याउन आवश्यक रहेको औल्याएकाछन् । उनले निष्पक्ष रुपमा जसले हेरेपनि देख्ने गरी काम रहेको उनको भनाई थियो ।