अर्लि निर्वाचनमा मूलक गइसक्यो अब पछाडि फर्कने अवस्था देखिन्न-हिक्मत कार्की
दमक/ नेकपा एमालेका नेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले मूलक अब अर्लि निर्वाचनमा गएको बताएकाछन् । उनले अब मूलक निर्वाचनको कोर्षमा जाने दाबी गर्दै यो संसदले नयाँ सरकार दिन नसक्ने र संसद औचित्य विहिन अवस्थामा पुगेकाले यो अवस्था आएको उनको भनाई थियो ।
प्रेस चौतारी झापाले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री कार्कीले संविधानमा उल्लेख भए अनुसार नै संसद बिघठन भएको र अहिले परेका रिटहरु खारेज हुने विश्वास रहेको जनाए । उनले राष्ट्रपतिले गरेका कामहरु संविधान बिपरीत हुन नसक्ने र नभएको जिकिर गरे ।
मूलकको लोकतन्त्र र गणतन्त्रलाई संरक्षण गर्नका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपुर्ण हुने बताए । प्रधानन्त्री केपी शर्मा ओलीले विश्वमा नै आफ्नो हाईटलाई उच्च बनाएपछि चौतर्फी आक्रमण भएको पनि कार्कीको भनाई थियो ।
नागरिकता सम्बन्धिको विधेयकमा बुझिबुझि भ्रम फैल्याउने काम भएको पनि कार्कीले बताए । उनले सविधानसम्मत रहेको र कसैले पनि प्रश्न उठाउने ठाँउ नरहेको उनको जिकिर थियो । कार्यक्रम प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा भएको थियो ।
