२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमालेका प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले पार्टीका शिर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयताबाट बिचलित भएकाहरुले बारम्बार बिभिन्न अरोप लगाएको बताउदै यसलाई चिर्नु पर्ने बताएकाछन् । कहिले भारत विरोधी भन्ने त कहिले भारतको इशारामा ओली चलेको भन्ने जस्ता भ्रमहरु फैल्याउने कामहरु अहिले भइरहेको उनको भनाई थियो ।

प्रेस चौतारी झापाले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै घिमिरेले कोरोना संक्रमणको महामारी विरुद्ध वर्तमान सरकारले चालेको कदम, विकास निर्माणमा यो सरकारले गरेको प्रगतीहरुको बिषयहरु निष्पक्ष रुपमा बाहिर आउन नसकेको पनि उनले बताए ।

प्रतिनिधि सभा बिघठन अहिलेको आवश्यकता रहेको जनाउदै उनले यसमा सञ्चारकर्मीहरुको पनि महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । सरकारले गरेका काम र उपलब्धिहरु बाहिर ल्याउने र जनमानसमा सहि सन्देश प्रवाह गर्न सञ्चारकर्मीहरुको महत्वपुर्ण भूमिका रहन्छ, उनले भने ।

पार्टी संगठन र जनबर्गिय संगठनहरुलाई बजबुद बनाउदै जनतामाझ जानुको अब विकल्प नरहेको पनि उनले जनाएकाछन् । आन्तरिक समस्याहरुलाई सामधान गर्दै पार्टी अब शशक्त रुपमा निर्वाचनको तयारीमा लाग्ने घिमिरेको भनाई रहेको थियो ।