२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी कोभिड अस्पतालमा उपचारको क्रममा गयराती उनको मृत्यु भएको हो । ५७ बर्षिया ति महिला केहिदिन देखि उपचारत रहेकी थिईन । यो संगै दमकमा दोश्रो भेरियन्टबाट कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६०३ पुगेको छ । केहि घट्दो दरमा नै संक्रमण रहेको उनले जनाएकाछन् ।