२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमक नगरपालिकाका कर्मचारीहरुले दमक नगरपालिकाले बनाएको कोरोना संक्रमण तथा रोकथामका लागि बनाएको कोषमा ५ दिन बराबरको तलव प्रदान गर्ने भएकाछन् ।

दोश्रो भेरियन्टको कोरोना संक्रमण रोकथाम तथा उपचारमा सहयोग पुरयाउन नगरपालिकाका सबैको ५ दिन बराबरको तलव दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताएकाछन् ।

आँउदो महिनाको तलव लिने क्रममा उनिहरुको उक्त रकम कट्टा गरेर कोषमा जम्मा हुने समेत जनाईएको छ । कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले कोष बनाएको छ । जहाँ ईच्छा अनुसार जो सुकैले पनि सहयोग गर्न सक्नेछन् ।