दमकमा नीजि तथा सामाजिक क्षेत्रबाट कोरोना महामारी रोकथाम तथा सचेतना महाअभियान शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ दमक उद्योग बाणिज्य संघको पहल र सक्रियतामा दमकमा कोभिड १९ को महामारीबाट नागरिकलाई जोगाउन आवश्यक सहयोगका लागि कोरोना महामारी रोकथाम तथा सचेतना महाअभियान शुरु गरिएको छ ।
महा अभियानको संयोजकमा दमक उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रशाई र अध्यक्ष गोकुल श्रेष्ठ रहेकाछन् । सरकारको प्रयासलेबाट मात्र यो महामारी रोक्न नसकिने अवस्था देखिएकाले नागरिकस्तरबाट सहयोग गर्न यो महाअभियान गठन भएको जनाईएको छ ।
महाअभियानले सहयोग जुटाएर सामुदायिक अस्पताहरुलाई भेन्टिलेटर तथा आवश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराउने तयारी रहेको महाअभियानका संयोजक प्रशाईले बताएकाछन् । उनका अनुासर सहयोग जुट्ने काम पनि शुरु भएको छ ।
महाअभियान एवं दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार अभियानमा बाणिज्य संघले शुरुवातामा नै १ लाख ५१ हजार सहयोग गरेको छ । आफु लगायत बाणिज्य संघका सदस्यहरु र दमकका उद्यमी तथा ब्यवसायीहरुले सहयोग गर्न थालेको उनले बताए ।
अघिल्लो पटक प्रकाश प्रशाईको संयोजकत्वमा नै समिति बनेर दमक नगरपालिकालाई पिसिआर जाँचका लागि आवश्यक ल्याव स्थापना गरेर हस्ताण्तरण गर्ने भनिएपनि सो समय नगरपालिकाले त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी लिन नमान्दा त्यो कार्य अगाडि बढ्न सकेको थिएन ।
महाअभियानले दमकका सामाजिक अगुवा, ब्यवसायी, उद्यमी तथा दमक बाहिर रहेकाहरुलाई समेत सहयोगको लागि अनुरोध गर्ने दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं महाअभियानका सदस्य नविनकुमार अग्रवालले बताए । दमक र आसपासका क्षेत्रमा संक्रमितहरुको ज्यान बचाउन सबैको सहयोग र साथ अपरिहार्य रहेको उनको भनाई छ ।
बिभिन्न चरणमा समितिले नगरपालिका र नगरपालिकाको स्वास्थ्य शाखासंग छलफल गरेको थियो । अहिले पिसिआर जाँचका लागि अन्यत्र ल्यावमा नगरपालिकाले लैजाने गरेको छ । जसका कारण रिर्पोट आउन दूई दिन लाग्ने गरेको छ ।
महाअभियानलाई सहजिकरण गर्नका लागि दमकका बिभिन्न सामाजिक संघसंस्था तथा सामाजिक अभियानमा जुटेका युवाहरुको टिम बनाईएको पनि जनाईएको छ । महाअभियानको सहजीकरण गर्न बनेको समिति यस्तो छ-

