दमकका २ जना कोरोना संक्रमित महिलाको मृत्यु
दमक/ झापाको दमकका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज विहान लाईफलाइन अस्पतालमा दमक १० की एक महिलाको मृत्यु भएको हो । यसभन्दा अधि गयराती कोशी अञ्चल अस्पतालमा दमक एक महिलाको मृत्यु भएको थियो । यो संगै दमकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १६ पुगेको छ ।
