२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा ९९ जना कोरोना संक्रमितहरुको यहाँका अस्पतालहरुमा उपचाररत रहेकाछन् । नगरपालिकाले साँझ सार्वजनिक गरेको विवरण अनुसार कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाईफलाइन अस्पताल र एडभान्स अस्पतालमा ९९ जना कोरोना संक्रमितहरु उपचाररत रहेकाहुन् ।

दमक नगरपालिका क्षेत्रमा २०७७ चैत २५ गते देखि हाल सम्मको कोरोना भाईरस (नयाँ भेरियन्ट) बाठ १ हजार ४९ जना संक्रमित भएकाछन् । ४ सय ५१ जनाले कोरोना जितेको पनि सार्वजनिक गरिएको छ ।