सामाजिक सञ्जालमा जनताको राय-समय सान्दर्भिक उत्कृष्ट बजेट
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्व सरकारले प्रस्तुत गरेको आ.ब. २०७८।०७९ को बजेटलाई सारांशमा अध्ययन गर्दा समय सान्दर्भिक उत्कृष्ट बजेटको रुपमा मूल्यांकन गर्दै बजेट भित्र रहेका केही महत्वपूर्ण तथ्यहरुलाई प्रस्तुत गरेको छु ।
१, कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रणमा जनताको जीवन रक्षाका लागि हदैसम्मको प्रयास र बजेट बिनियोजन गरेको देखियो ।
२, कोभिड महामारीको प्रकोपले थिलथिलो पारेको अर्थतन्त्रमा छटपटाइरहेका जनताहरुको स्थानीय तहले गाह्र्रस्थ उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटर सम्मको खानेपानी महसुल यसै महिनादेखि निःशुल्क गरेर जनताले शुद्ध खानेपानी खान पाउने अधिकारको प्रत्याभूत गरेको देखियो ।
३, सार्वजनिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत् बिद्यार्थीहरुका लागि बैकल्पिक शिक्षण सिकाइमा सहयोगी भूमिका निभाउनका लागि १ प्रतिशत व्याजदरमा २ बर्ष अवधिका लागि ल्यापटप खरीद गर्नका लागि प्रति बिद्यार्थी रु. ८० हजारको कर्जा उपलब्ध गराई बिद्यार्थीको बैकल्पिक शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रयासरत रहेको देखियो ।
४, कर्मचारीहरुलाई बर्षमा १० दिन बराबरको थप पारिश्रमिक सुविधा पर्यटन काजको रुपमा प्रदान गरी आन्तरिक पर्यटनलाई मजबुत बनाउँदै पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई मद्यत पुर्याउने उद्येश्य राखेको देखियो ।

५, युवा उद्यमीहरुलाई शुरुवाती बिउ पूँजीको रुपमा परियोजना धितो राखी रु. २५ लाख सम्म १ प्रतिशत व्याजदारमा कर्जा उपलब्ध गराई युवा उद्यमीहरुलाई देशमै व्यवसाय शुरुवात गरी स्वरोजगार बनाउने उद्येश्य राखेको देखियो ।
६, नेपाल भ्रमण गर्ने बिदेशी पर्यटकलाई १ महिना अवधिको पर्यटकीय भिषा निःशुल्क गरी पर्यटकलाई नेपाल भित्राउन आकर्षक कदम चालेको देखियो ।
७, सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई ३३ प्रतिशत बृद्धि गर्दै ज्येष्ठ बुवा आमाले पाउँदै गरेको बृद्ध भत्तालाई मासिक रु. ४ हजार बनाई ज्येष्ठ आमा बुवाको सम्मान गरेको देखियो ।
८, कृषिलाई आधुनिकिकरण, यान्त्रिकरण गर्दै प्रविधिक रुपले कृषकको उत्पादनमा बृद्धि गरी कृषिमा आत्मनिर्भर देशको रुपमा स्थापित हुनको लागि बैज्ञानिक बजेट बिनियोजन गरेको देखियो ।
९, पूर्व पश्चिम लगायतका रेलमार्गका लागि रु. १० अर्व ३ करोड बजेट बिनियोजन भएको हुँदा रेलमार्गमा परेर जग्गा रोक्का भएका जग्गाधनीहरुको उचित मुआब्जा बितरण भई रेलमार्ग निर्माण प्रारम्भ हुने देखियो ।
१०, उज्यालो नेपाल अभियान अन्तर्गत गरीब परिवारको घरमा निःशुल्क बिद्युत जडान गरी गरीब जनताको घरलाई उज्यालो बनाउने कार्य प्रारम्भ गरेको देखियो ।
११, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत प्रति घर रु. ५० हजार बिनियोजन हुँदै आएकोमा यस बर्ष देखि प्रति घर रु. ७५ हजार बिनियोजन गरी बिपन्न परिवारको सुरक्षित साथ बस्न पाउने अधिकार प्रत्याभूत भएको देखियो ।
१२, कर्मचारीको तलब एकरुपताका हिसाबले मासिक रु. २००० बृद्धि गर्दै सबै स्तरका कर्मचारीको मनोवल बढाउने कार्य गरेको देखियो ।
