दमकमा बहुतले बसपार्क सहितको सिटी पार्क
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा बहुतले बसपार्क सहितको सिटी पार्क निर्माण हुने भएको छ । यसभन्दा अघि बहुतले बसपार्कको योजना यहाँ रहेको भएपनि यो पटक त्यसैमा जोडेर सिटी पार्कको रुपमा विकास गरिने जनाईएको छ ।
दमकमा अहिले बसपार्कमा रहेका र नयाँ बनेका पुर्वधारहरुको समेत उपयोग गर्दै बहुतले बसपार्क सहितको सिटी पार्क बन्ने जनाईएको छ । दूई बर्ष अघिदेखि यसको सम्भाब्यता अध्ययन सहितका कार्यहरु भइरहेको थियो । बजेटमा यो पटक परेको हो ।
नगर विकास कोषमार्फत डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर निर्माणको काम दूई बर्ष अघि नै शुरु गरेको थियो । वडा नं. ६ र ७ मा बहुतले बसपार्क सहितको सिटी पार्क बन्ने हो । पुरानो पशुहाट भएको क्षेत्र पनि समेटीने बताईएको छ ।
बसपार्कभित्र नै हरियालीको क्षेत्रसहितका अन्य संरचना निर्माण गर्ने गरिको डिपिआर रहेको बताईन्छ । झापाको दमकमा बहुतले बसपार्क सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्याएको छु, अर्थ मन्त्री विष्णु पौड्यालले बजेट भाषण गर्ने क्रममा भनेकाछन् ।
दमकमा पुर्व पश्चिम राजमार्गसंग जोडिएको बसपार्कको अहिलेसम्म बनेका संरचनाहरुलाई यथावत राख्दै थप संरचना बन्ने जनाईएको छ । यद्यपी यसको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन । यहाँ करिव साढे ३ बिगाहा जमिन रहेको छ । बसपार्क भित्र नै सपिङ कम्प्लेक्स, रेष्टुरेन्ट, आराम स्थल, मनोरञ्जन स्थल लगायतका संरचना हुने बताइएको छ।
