दमक नगरपालिकालाई संघीय सरकारको ७० करोड १७ लाख बजेट
दमक/ झापाको दमकलाई संघीय सरकारले ७० करोड १७ लाख बजेट छुट्याईएको छ । आगामि आर्थिक बर्षका लागि सरकारले यो बजेट छुटुयाएको हो । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । झापामा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
