सधैका लागि अस्ताए आशलाग्दा एक युवा नेता उज्ज्वल थापा
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो ।
उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ १” यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यसैबीच विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ । पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ ।
