२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा आज ६८ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । थपिनेहरु १० वटै वार्डका रहेकाछन् । दमकमा कोरोना संक्रमणदर घटन सकेको छैन । फितलो निषेधाज्ञाका कारण अपेक्षाकृत रुपमा कोरोना संक्रमण नियण्त्रण हुन नसकेको बताईन्छ ।

मंगलबार र बुधबार विभिन्न प्रयोगशालामा गरिएको पीसिआर तथा एन्टिजेन परिक्षण मार्फत मात्रै कूल ६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दमकले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले आज ( बुधबार) उपलब्ध गराएको तथ्याङक अनुसार दमकमा हाल ५१० जना सक्रिय संक्रमित थपिएका छन । मंगलबार सम्ममा कूल ४४२ मात्रै थिए ।