२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा खोलानालाहरु मापदण्ड बिपरीत खनिने गरेको बारम्बार गुनासो आइरहेको बेला रातभर निर्माण सामाग्रि बोक्न दिईने निर्णय भएको छ । यसको प्रभावकारी अनुगमन नहुँदा विनाश निम्तने खतरा बढ्ने देखिएको छ । यसै त खोलानालाहरुमा मापदण्ड बिपरीत उत्खनन् भइरहेका विषयहरु बारम्बार बाहिर आउने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोकत्वमा जिल्ला कोभिड १९ ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको छ । विकास निर्माणहरुसँग सम्बन्धित सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुमात्र बेलुकि ८ बजे देखि बिहान ५ बजेसम्म संचालन गर्न पाईने, निर्णयमा उल्लेख छ ।

यसको प्रभावकारी अनुगमन नहुने हो भने जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका लागि गरेको यो निर्णय दुरुपयोग हुनसक्छ । खोलानालाहरु रातभर उत्खनन् हुनसक्ने भएकाले यसतर्फ समयमा नै ध्यान जान आवश्यक छ ।