२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ गत २४ घण्टाको अवधिमा झापाको दमकको लाईफलाइन र आम्दा अस्पतालमा उपचाररत १/१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड उपचार केन्द्र दमकले दिएको जानकारी अनुसार आम्दा अस्पतालमा ७० बर्षिया दमक ८ की एक महिलाको मृत्यु भएको हो । यसैगरी लाईफलाइन अस्पतालमा ५६ बर्षिया महिलाको मृत्यु भएको छ ।

कोभिड उपचार केन्द्र सहित दमकका नीजि अस्पतालहरुमा पनि कोरोना संक्रमितको उपचार हुँदै आएको छ । विहिबारको रेकर्ड अनुसार यहाँका अस्पतालहरुमा ११५ जना कोरोना संक्रमितहरुले उपचार सेवा लिइरहेकाछन् ।