२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा निषेधाज्ञा पालनाको अवस्था अत्यन्त कमजोर रहेको छ । दमकको नयाँ शब्जि बजार, पुरानो शब्जि बजार, हनुमान मन्दिर नजिक लगायतका क्षेत्रहरुमा विहानदेखि दिनभरजसो पसलहरु खुला नै रहेका हुन्छन् ।

प्रहरीको गाडि आँउदा बन्द गर्ने र गाडि कट्न साथ पसलहरु खोलेको देखिन्छ । प्रहरीसग लुकामारी खेलेजस्तो कार्यले कोरोना संक्रमणको जोखिम रहने अवस्था छ । पसलहरुमा न सेनिटाईजर राखिएको हुन्छ, न त हात धुने पानी नै ।

हतारमा पसल खोल्ने र हतारहतारमा नै विक्री गर्ने कार्यले कोरोनाको जोखिम बढेको बताईन्छ । दमकमा निषेधाज्ञाको खुलेआम अवज्ञा हुँदा पनि प्रशासन भने देखेको नदेखे झै भएको आरोप पनि लाग्न थालेको छ ।

कि त निषेधाज्ञा कार्यान्वयन गर्नु पर्यो होइन भने पुर्ण रुपमा बजार खोल्नु पर्यो, दमकका युवा ब्यवसायी ंपंकज अग्रवालले भने । यस्तो खालको निषेधाज्ञा हुनुभन्दा सबै खोल्दा राम्रो हुन्छ, उनको भनाई रहेको छ ।

दमकमा यस बिषयमा भएको छलफलमा पनि यो बिषय उठान भएको थियो । छलफलमा र सूचनामा कडा कार्वाही हुने बताएपनि निषेधाज्ञा पालना गराउनका लागि प्रयास नहुँदा लापरवाही बढेको पाईन्छ ।