२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमकका एक कोरोना ंसंक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिएण्डसि अस्पतालमा उपचारको क्रममा दमक १० का २८ बर्षिय पुरुषको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसैबीच झापामा पछिल्लो २४ घण्टामा झापाका १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ११ हजार ३७८ पुगेको छ । शनिवार संक्रमितमध्ये सबैभन्दा बढी दमकका १६ महिलासहित ३७ जना रहेका छन् ।