२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता तथा उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद र आपत्तिजनक अभिव्यक्ति सच्याउनुभएको छ ।

महतोले दिएको बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने भन्ने आपत्तिजनक अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि शनिबार राति विज्ञप्ति निकाल्दै उहाँले सच्याउनुभएको हो ।

उपप्रधानमन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्नुभएको छ ।