२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले झापा दमकका २ वटा सामुदायिक विद्यालयहरुको भर्चुअल रुपमा सोमबार शिलन्यास गरेकाछन् । दमकस्थि हिमालय मावि र ढुकुरपानी माविको सुविधा सम्पन्न भवनको ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा शिलन्यास गरेकाहुन् ।

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई वटा विद्यालयलाई प्रधानमन्त्री ओलीको सक्रियता र निर्देशन अनुसार ११ करोड बजेट उपलब्ध रहेको थियो । प्रधानमन्त्री ओलीले दमक अन्य बिद्यालयहरुको भौतिक विकासमा पनि सहयोग गर्ने सो अवसरमा जनाए ।

ओलीले मौखिक रुपमा शिलन्यासको घोषणा गरेपछि हिमालय माविमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली र ढुकुरपानी माविमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले ईटा लगाएर भौतिक शिलन्यास गरेका थिए ।

बढिमा एक बर्षभित्रमा दुबै बिद्यालयमा भवन निर्माण गरिसक्नु पर्नेछ । भवन गुणस्तरीय बनाउनका लागि र समयमा सक्नका लागि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा नै निर्देशन पनि दिनु भयो । एक बर्ष पर्याप्त समयमा हो र यसमा काम सकिने छ भन्ने विश्वास लिएको छु, उनको भनाई थियो ।

यसभन्दा अघि पनि प्रधानमन्त्री ओलीले दमक बहुमुखि क्याम्पसको सुविधासम्पन्न भवनको यसरी नै भर्चुअल माध्यमबाट शिलन्यास गरेका थिए । क्यापसको भवन बनाउनका लागि संघीय सरकारले १० करोड बजेट उपलब्ध गराएको थियो ।

म चाँडै आउछु-ओली

प्रधानमन्त्री ओलीले आफुलाई आफ्नो निर्वाचन क्षेत्रमा आउन लागि ईच्छुक रहेको भएपनि वर्तमान अवस्थाका कारण आउन नसकिरहेको बताए । उनले भौतिक उपस्थितिमा नै शिलन्यास गर्ने ईच्छा रहेपनि त्यो पुरा नभएको भन्दै चाँडै दमक आउने उनले सुनाए । केहि सहज अवस्था भएपछि म आउनेछु र प्रत्यक्ष भेट हुने नै छ, उनले भने ।

ओली दमक सहित झापा क्षेत्र नं. ५ का निवर्तमान प्रतिनिधि सभा सदस्यहुन् । उनले गौरीगन्जको स्मार्ट सिटीको बिषयमा पनि चासो सहित आफ्नो भनाई राखेका थिए । गौरीगन्जमा स्मार्ट सिटी र दमकमा नै भ्यू टावरको कामले पनि गति लिइरहेको छ, उनले भने ।