केहिबेर अघि दमकको सगरमाथा पेट्रोलपम्प अगाडि विजूलीको पोलमा आगोलागि
दमक/ झापाको दमकस्थित सगरमाथा पेट्रोलपम्प अगाडि (बाटो दक्षिण)बिजूलीको पोलमा आगलागि भएको छ । पोलमा रहेको तारहरु जल्दा आगोको लप्काहरु निक्कै ठुलो गरी देखिएको थियो । स्थानीयहरु त्रसित भएका थिए । स्थानीय प्रत्यक्षदर्शी सन्तोष दुलालले बताएकाछन् ।
दमक नगरपालिकाको दमकल आएर आगो निभ्याएको छ । अब्यवस्थित रुपमा रहेका तारहरुका कारण यस प्रकारको आगलागिको खतरा दमकमा रहेको छ । आगलागिको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
बिद्यूत सर्ट भएर त्यहिबाट आगो सल्केको हुनसक्ने स्थानीयको भनाई छ । यहाँ अहिलेमात्र नभएर बारम्बार यस प्रकारका घटना हुने गरेको पनि स्थानीयहरुको भनाई रहेको छ ।
