दमकमा झापा कै सबैभन्दा बढि कोरोना संक्रमित, जिल्लामा ५ संक्रमितको मृत्यु
दमक/ झापाको दमकमा आज सबैभन्दा बढि कोरोना संक्रमित देखिएकाछन् । जिल्लामा आज १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा दमक नगरपालिकाका ३८ जना रहेकाछन् । यसैबीच झापामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ।
अन्य स्थानीय तहको तुलनामा दमकमा निषेधाज्ञा फितलो रहेको छ । अपेक्षाकृत रुपमा कोरोना संक्रमणदर कम नभएपनि लापरवाही बढिरहेको बताईन्छ । बिगतको तुलनात्मक अध्ययन गर्दा भने कोरोना संक्रमणमा केहि कमी आएको तर खतरा कायमै रहेको बताईएको छ ।
देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।
हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ।
